असार १४, डेस्क। वेस्ट इन्डिज र अमेरिकामा जारी आईसिसी टी-२० विश्वकपको उपाधिका लागि भारत र दक्षिण अफ्रिका भिड्ने छन्।
भोलि शनिवार वेस्टइन्डिजको केन्सिंग्टन ओव्हल बार्बाडोस स्टेडियममा उक्त खेल साँझ ८ः१५ बजेबाट सुरु हुनेछ।
वेस्टइन्डिजको गयानामा गएराति भएको खेलमा भारतले दिएको १७२ रनको लक्ष्य पछ्याएको इंग्ल्यान्डले १६.४ ओभरमा सबै विकेट गुमाएर जम्मा १०३ रन बनायो । यससँगै इङ्ल्याण्ड सेमिफाइनलबाटै घर फर्किन बाध्य भयो । यस्तै पहिलो सेमिफाइनलमा बिहीबार बिहान अफगानिस्तानलाई ९ विकेटले हराएर दक्षिण अफ्रिकाले फाइनलमा स्थान बनाएको थियो ।
दक्षिण अफ्रिका पहिलोपटक फाइनल पुगेको हो भने भारत सन् २००७ मा आयोजित पहिलो संस्करणको विजेता हो।






