असार १४, डेस्क। गुल्मीमा ट्याक्टर दुर्घटना हुदा एक जना बालकको मृत्यु भएको छ। भने दुईजना घाइते भएका छन्।
छल्दीबाट तम्घासतर्फ आउँदै गरेको लु ४ त २४६५ नम्बरको ट्रयाक्टर रेसुङ्गा नगरपालिका–४ रायढुङ्गामा दुर्घटना हुँदा मालिका गाउँपालिका–२ का ६ वर्षीय शिव विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक शंकर पोखरेलले जानकारी दिएका छन्।
दुर्घटनामा गम्भीर घाइते भएका उनलाई उपचारका लागि गुल्मी अस्पताल ल्याउनेबित्तिकै अस्पतालले मृत घोषणा गरेको थियो ।
दुर्घटनामा ट्याक्टर चालक गुल्मीको धुर्कोट गाउँपालिक–५ वस्तुका २६ वर्षीय दीपक गोतामे र सहचालक बागलुङ बडिगाड गाउँपालिकाका १९ वर्षीय राजकुमार विक घाइते भएका छन् । उनीहरूलाई थप उपचारका लागि पाल्पा पठाइएको छ । भने यस घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।





