असार १४, डेस्क। भारत आइसिसी टी-२० विश्वकपको फाइनलमा पुगेको छ। हिजो बिहिवार भएको सेमिफाइनलमा इङ्ल्यान्डलाई ६८ रनले पराजित गर्दै भारत फाइनलमा प्रवेश गरेको हो।
१७२ रनको लक्ष्य पछ्याएको इंग्ल्याण्डलाई भारतले १६.४ ओभरमा अल आउट गर्दै १०३ रनमा समेटेका थिए।
त्यस क्रममा अक्षर पटेल र कुलदीप यादवले ३/३ तथा जसप्रित बुमराहले २ विकेट लिए। पहिले ब्याटिङ गरेको भारतले ७ विकेट गुमाएर १७१ रन बनाएको थियो।
त्यस क्रममा कप्तान तथा ओपनर रोहित शर्माले अर्धशतक हाने। उनले ३९ बलमा ६ चौका र २ छ्क्का हानेर ५७ रन बनाए।
त्यस्तै सूर्यकुमार यादवले ३६ बलमा ४ चौका र २ छक्का प्रहार गरी ४७ रन जोडे। हार्दिक पाण्ड्याले १३ बलमा २३ रन बनाउँदा १७ रन बनाउँदै रवीन्द्र जडेजा नट आउट रहे। ओपनर विराट कोहली ९ रन र रिशभ पन्त ४ रनमा आउट हुँदा शिवम् दुबे शून्यमा आउट भए।
भारतले उपाधिका लागि दक्षिण अफ्रिकासँग खेल्नेछ।






