असार १४, डेस्क। आज नेपाली बजारमा सुनको मूल्य बढेको छ । अघिल्लो दिन प्रतितोला आठ सय रूपैयाँ घटेको सुनको भाउ यस दिन प्रतितोला एक हजार रूपैयाँ बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४१ हजार आठ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४१ हजार एक सय रूपैयाँमा कारोबार भइरहेको छ।
त्यसैगरी, शुक्रबार चाँदीको मूल्य पनि बढेको छ। बिहीबार प्रतितोला १७ सय ८० रूपैयाँमा कारोबार भएको चाँदी शुक्रबार प्रतितोला १७ सय ९० रूपैयाँमा किनबेच भइरहेको छ।
यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १० रूपैयाँ बढेको हो।





