कुन प्रदेशको कस्तो नतिजा आयो एसईईमा ?

|

असार १३, डेस्क । माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ । चैत १५ गतेदेखि भएको परीक्षामा देशभरबाट ४७.८६ प्रतिशत विद्यार्थी मात्रै पास भएका छन् ।

एसईई परीक्षामा जम्मा विद्यार्थी ४ लाख ६४ हजार ७८५ जना विद्यार्थी सहभागी भएका थिए । जस मध्य २ लाख ४२ हजार ९२ जनामात्रै उत्तीर्ण भएका हुन् ।

बोर्डका अनुसार यसपटकको एसईई परीक्षामा सबैभन्दा बढी बागमती प्रदेशबाट ९९ हजार ८७२ जना विद्यार्थी सहभागी भएका थिए । जस मध्य ३३ हजार ८४३ जनाले ननग्रेड (एनजी) पाएका छन् ।
त्यस्तै, लुम्बिनी प्रदेशबाट एसईईमा ८० हजार ३२७ जना सहभागी भएका थिए । त्यसमध्ये ४९ हजार २२४ जना ननग्रेड (एनजी)मा समावेश भएका छन् ।

मधेश प्रदेशमा ७९ हजार ५९२ जना सहभागी थिए । त्यसमध्ये ४२ हजार २८६ जनाले ननग्रेड (एनजी) पाएका छन् ।

कर्णाली प्रदेशबाट एसईई परीक्षामा ३५ हजार ३४ जना सहभागी थिए । त्यसमध्ये एनजी २० हजार ३८० जना विद्यार्थी ननग्रेडमा समावेश भएका छन् ।
सुदूरपश्चिम ५३ हजार ४४६ जना विद्यार्थी सहभागी भएकोमा ३६ हजार ४१० कक्षा ११ पढ्न अयोग्य भएका छन् ।

चर्चित समाचार


भर्खरै प्रकाशित