असार ११, डेस्क। २० वर्षपछि विवाह गर्ने दलित किशोरीलाई २० हजार रुपैयाँ प्रदान गर्ने छ।
सप्तरीको बोदेबरसाइन नगरपालिकाले ११ औँ नगरसभामा बालविवाह न्यूनीकरणका लागि २० वर्ष पुगेर विवाह गर्ने दलित किशोरीलाई रु २० हजार रुपैयाँ प्रदान गर्ने निर्णय गरेको नगरपालिकाले जनाएको छ।
बालविवाह न्यूनीकरणका लागि नगरपालिकाले गरेको निर्णयले केही हदसम्म कम हुने अपेक्षा गरेका छौँ”, नगरप्रमुख आतेशकुमार सिंहले भने,। ‘बालविवाह गर्ने चलन निकै रहेको ठाउँमा नगरपालिकाले पुरुस्कार दिँदा न्यूनीकरण हुन्छ भन्ने उद्देश्य राखेको छ’, उनले भने, ‘उमेर नपुगी विवाह गर्ने चलन अन्त्य गर्नका लागि यो अभियानलाई जिल्लाभर लैजान जरुरी रहेको छ।’





