कास्कीमा मिनी ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु

|

असार १०, डेस्क । कास्कीमा मिनी ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

कास्कीको रूपा गाउँपालिका-३ ताकान्जामा पैचोकबाट ताकान्जातर्फ जाँदै गरेको ग.१ क ३३६१ नम्बरको मिनी ट्रक अनियन्त्रित भई हिजो आइतबार बेलुकी दुर्घटना हुँदा सहचालकको मृत्यु भएको हो ।

मृत्यु हुनेमा सहचालक सोही गाउँपालिका-१ शास्त्री बस्ने १९ वर्षीय सुनिल विकको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको पश्चिम क्षेत्रीय अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

प्रहरीले मिनी ट्रक र ट्रक चालकलाई नियन्त्रणमा लिई यस घटनाबारे  थप आवश्यक अनुसन्धान भैइरहेको प्रहरीले जनाएको छ ।

 

चर्चित समाचार


भर्खरै प्रकाशित