असार १०, डेस्क। हिजो राति जनकपुरधाममा विद्युतीय टार ताङ्गिएको पोलमा आगलागी भएको छ ।
हिजो राति करिब १२ बजेको समयमा अचानक विद्युत सर्ट भएर जनकपुरधाम उपमहानगरपालिका स्थित जनक चोकमा रहेको एउटा विद्युतिय पोलमा आगो लाग्दा विद्युत, टेलिफोन, इन्टरनेट र केवलका तारहरु जलेर नष्ट भएका छन् ।
उक्त पोलमा लागेको आगोलाई स्थानीय र प्रहरीले मिलेर नियन्त्रणमा लिईएको प्रत्यक्ष दर्शीहरुले बताएका छन्।





