बढ्यो सुन–चाँदीको भाउ

|

असार १०, डेस्क। आज सोमबार नेपाली बजारमा सुन–चाँदीको मूल्य बढेको छ।

आज सुनको भाउ प्रतितोला तीन सय रूपैयाँले बढेर छापावाल सुन प्रतितोला एक लाख ४२ हजार तीन सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४१ हजार छ सय रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

त्यसैगरी, सोमबार चाँदीको मूल्य पनि ५ रूपैयाँले बढेर प्रतितोला १८ सय २० रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

चर्चित समाचार


भर्खरै प्रकाशित