असार १०, डेस्क। राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) २०८० को नतिजा यहिँ सातामा प्रकाशन गर्ने तयारी गरेको छ।
परीक्षा नियन्त्रण कार्यालय सानोठिमी, भक्तपुरले सोमबार एक सूचना जारी गर्दै एसईई नतिजा हेर्नका लागि विभिन्न माध्यमको व्यवस्था गरिएको जानकारी दिएको छ। परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले एसईई परीक्षा २०८० सालको नियमित तथा ग्रेड वृद्धि परीक्षाको नतिजा सम्बन्धी विवरण विभिन्न वेबसाइट, एसएमएस र आईभीआर बाट हेर्न सकिने सूचनामा उल्लेख छ।
परीक्षा नियन्त्रण कार्यालयले सानोठिमी, भक्तपुरले रिजल्ट प्रकाशित गर्नको लागि पाँच वटा संस्थालाई एसएमएस र आईभीआर बाट र १० वटा वेबसाइट बाट रिजल्ट प्रकाशित गर्न अनुमति प्रदान गरेको छ।






