असार ०९, डेस्क।अत्यधिक गर्मीका कारण साउदी अरेबियामा हज यात्राका क्रममा मृत्यु १ हजार नाघिसकेको छ ।
साउदी प्रशासनका अनुसार अधिकांशको मृत्युको कारण अत्यधिक गर्मी हो । बीबीसीको रिपोर्टअनुसार हालसम्म इजिप्टका ६५८, इन्डोनेसियाका २०० र भारतबाट ९८ जनाको ज्यान गएको छ ।
यसबाहेक पाकिस्तान, मलेसिया, जोर्डन, इरान, सुडान र इराकबाट गएका हज यात्रीको पनि मृत्यु भएको छ । वाल स्ट्रिट जर्नलको रिपोर्ट अनुसार हज यात्राका क्रममा कयौँ अमेरिकी नागरिकले पनि ज्यान गुमाएका छन् ।
गतहप्ता मात्र साउदीको मौसम विभागले मक्का र मदिनाको तापक्रम ५१ दशमलव ८ डिग्री सेल्सियस रेकर्ड गरेको थियो ।






