खानेपानी माग गर्दै आज जनकपुरमा प्रदर्शन, साथै मुख्यमन्त्रीलाई बुझाए १२ बुँदे ज्ञापन पत्र

|

असार ०७, डेस्क । चुरे तथा वनजंगल संरक्षण अभियन्ताहरूले खानेपानी माग्दै आज जनकपुरधाममा प्रदर्शन गरेका छन् ।

२९ दिनदेखि आन्दोलनरत अभियन्ताहरूले आज शुक्रबार ‘सरकार पानी देऊ’ ‘चुरे दोहन बन्द गर’ ‘खोलाको अवैध उत्खनन बन्द गर’ लगायतका नारा लेखिएका घैँटा, प्लाकार्डसहित जनकपुरको जनकचोकदेखि मुख्यमन्त्री कार्यालयसम्म उनीहरूले प्रदर्शन गरेका हुन् ।

अभियन्ताहरूले १२ बुँदे मागसहित मधेश प्रदेशका मुख्यमन्त्री सतिश सिंहलाई ज्ञापन पत्र बुझाएको छ । ज्ञापन पत्र बुझ्दै मुख्यमन्त्री सिंहले मधेश प्रदेश सरकारको अधिकार क्षेत्रअन्तर्गत पर्ने माग पूरा गर्न प्रयास गर्ने आश्वासन दिएका छन् ।

चर्चित समाचार


भर्खरै प्रकाशित