भारतमा बस दुर्घटना हुँदा चार जनाको मृत्यु, ती मध्य दुई नेपालीको मृत्यु

|

असार ०७, डेस्क । भारतमा बस दुर्घटनामा चारजनाको मृत्यु भएकोमा दुई नेपाली रहेका छन् ।

भारतको हिमाञ्चल प्रदेशको सिम्लामा आज शुक्रबार बिहान बस दुर्घटना भएको हो ।

हिमाञ्चाल प्रदेश रोड ट्रान्सपोर्ट कर्पोरेसन (एचआरटीसी)को सो बस दुर्घटनामा मृत्यु हुनेमा चालक करम दास, सहचालक राकेश कुमार तथा दुई नेपाली यात्रु वीरमा देवी र धन शाह को मृत्यु भएको हो ।

सो दुर्घटना जियेन्दर रंगता, दीपिका ठाकुर र हस्तबहादुर गम्भीर घाइते छन् । उनीहरूको उपचार भइरहेकोे छ । भने यस घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

चर्चित समाचार


भर्खरै प्रकाशित