अफगानिस्तानमाथि भारत ४७ रनले विजयी

|

असार ०७, डेस्क । भारतले अफगानिस्तानलाई ४७ रनले पराजित गरेको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ८१ रन बनाएको थियो ।

भारतले दिएको १ सय ८२ रनको लक्ष्य पछ्याउने क्रममा अफगानिस्तानले २० ओभरमा सबै विकेट गुमाएर १ सय ३४ रनमात्र बनाउन सक्यो ।

भारतका लागि जसप्रित बुमराहले ४ ओभर बलिङ गर्दै १ मेडेन राखेर मात्र ७ रन खर्चँदै ३ विकेट लिए । अर्शदीप सिंहले पनि ३ विकेट हासिल गरे । उनले ४ ओभरमा ३६ रन खर्चिए । कुल्दीप यादवले २ तथा रवीन्द्र जडेजाले १ विकेट लिए ।

टी–२० विश्वकपमा सुपर ८ अन्तर्गत समूह १ को यो पहिलो खेल थियो ।

चर्चित समाचार


भर्खरै प्रकाशित