असार ०५, डेस्क। कैलालीमा भरूवा बन्दुकसहित एकजना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा कैलालीको घोडाघोडी नगरपालिका–१२, नकफोडुवा बस्ने ३७ वर्षीय मोहनबहादुर खत्री रहेका छन्।
इलाका प्रहरी कार्यालय सुखडबाट खटिएको प्रहरीले कैलालीको घोडाघोडी नगरपालिका–१२, नकफोडुवा बस्ने ३७ वर्षीय मोहनबहादुर खत्रीलाई भरूवा बन्दुक तीन थानसहित पक्राउ गरेको हो । उनलाई मंगलबार दिउँसो घर तलासी गर्दा उक्त बन्दुक फेला पारी पक्राउ गरेको हो ।
यस विषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।





