असार ०५, डेस्क। अछाममा एक १६ वर्षीय किशोरीलाई नातामा मामा पर्नेले बलात्कार गरेको छ।
हिजो मंगलवार अछामको छाउ गोठमा बसेकी किशोरीलाई नातामा मामा पर्नेले राति मुख थुनेर बलात्कार गरेका हुन्। जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख डिएसपी सन्तोष पाठकले किशोरीलाई छाउ गोठमा बिहोस् अवस्थामा भेटे पछि उद्धार गरेर अस्पताल पठाएका थिए।
उपचार पछि किशोरीले आफु माथि जबर्दस्ती करणी भएको बताएकी छिन्। राति दुई बजे पिसाब फेर्ने छाउ गोठ बाहिर निस्केको बेला मामा नाता पर्नेले बलात्कार गरेको किशोरीले बताएकी छिन्।
यस घटनाको संदर्बमा प्रहरीले एक जनालाई पक्राउ गरेका छन्। भने यस घटनाबारे थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएका छन्।





