असार ०५, डेस्क। काठमाडौंको नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको सुरक्षार्थमा खटिएका प्रहरी जवानले आफ्नै निधारमा आफैले गोली हानेका सुरक्षाकर्मीको घटनास्थलमै मृत्यु भएको संसद सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिएका छन्।
काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी नवराज अधिकारीका अनुसार आज बुधबार बिहान संघीय संसद भवनको पश्चिम गेटको २ नम्बर गेटका बायाँपट्टी रहेको शौचालय गएका प्रहरी जवान अजित गोलेले आफूले बोकेको इन्सास राइफलले आफ्नै निधारमा फायर गरेका थिए। उनी बिहान ८:१५ बजे शौचालया मृत भेटिएको एसपी अधिकारीले जानकारी दिए।
मृतक गोले दोलखाको मेलुङ गाउँपालिका-४ घर भई नेपाल प्रहरी केन्द्रीय विशेष कार्यदल कपन दरबन्दी भई काठमाडौं उपत्यका प्रहरी कार्यालय संघीय संसद सुरक्षा वेस नयाँबानेश्वरमा कार्यरत रहेका थिए।
यस घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएका छन्।





