असार ०४, डेस्क । झापामा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको बिएण्डसि अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
झापाको बिर्तामोड नगरपालिका-५ मुक्ति चोकस्थित सडकमा मे.१ च ६६१३ नम्बरको गाडीको ठक्करबाट मोरङ रतुवामाई नगरपालिका-८ बस्ने ७० वर्षीया टंक माया सुबेदीको आज मंगलबार बिहान मृत्यु भएको हो । अहिले गाडी चालकको बारेमा प्रहरीले कुनै पनि विवरण खुलाएको छैन।
प्रहरीले गाडी र गाडी चालकलाई नियन्त्रणमा लिई यस दुर्घटनाबारे थप अनुसन्धान गरिरहेको छ ।





