असार ०४, डेस्क। ललाई फकाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राऊ परेका छन्।
धनकुटामा १५ वर्षीय किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा मोरङ बिराटनगर महानगरपालिका–११ बस्ने ५१ वर्षीय प्रविन अग्रवाललाई प्रहरीले पक्राउ गरेको हो।
अग्रवालले ती किशोरीलाई ललाई फकाई धनकुटा साँगरुगढी गाउँपालिका–६ भेडेटारस्थित होटेलमा लगेर आइतबार जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । भने यस घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।





