वेस्ट इन्डिजले अफगानिस्तानलाई १०४ रनले हरायो, सकियो विश्वकपको पहिलो चरण

|

असार ०४, डेस्क। आईसीसी टी–२० विश्वकप क्रिकेटको मंगलबार खेलिएको खेलमा दुई पटकको च्याम्पियन वेस्ट इन्डिजले अफगानिस्तानमाथि १०४ रनले जित हासिल गरेको छ ।

जितसँगै वेस्ट इन्डिज समूह ‘सी’ को विजेता बन्दै ‘सुपर–८’ चरणमा पुगेको छ । समूह चरणको आफ्नो अन्तिम खेलमा वेस्ट इन्डिजले अफगानिस्तानलाई १०४ रनको फराकिलो अन्तरले हराएको छ ।

२१९ रनको लक्ष्य पछ्याएको अफगानिस्तान १६ ओभर दुई बलमा ११४ रन बनाए अलआउट भएपछि वेस्ट इन्डिजले फराकिलो जीत हात पारेको हो ।

जारी विश्वकपको यो नै सबैभन्दा ठूलो अन्तरको जीत हो ।

चर्चित समाचार


भर्खरै प्रकाशित