असार ०३, डेस्क। आज बिहान दार्जिलिङमा कञ्चनजङ्घा एक्सप्रेसको रेलसँग मालगाडी ठोक्किएको घटनामा ०८ जनाको मृत्यु भएको रेलवे बोर्डका सीईओ जय बर्मा सिन्हाले बताएका छन्। भने ५० जना भन्दा बढी घाइते भएका छन्।
यस दुर्घटनामा मृत्यु भएका मृतकका परिवारलाई १०/१० लाख भारु रुपैया क्षतिपूर्ति दिइने रेल मन्त्री अश्विनी वैष्णवले घोषणा गरेका छन्। गम्भीर घाइतेलाई २ लाख ५ हजार भारु र सामान्य घाइतेलाई ५० हजार भारु दिइने मन्त्री अश्विनी वैष्णवले बताइएको छ ।






