असार ०३, डेस्क। हिजो राति करिब ६ किलो सुन र ४८ लाख रूपैयाँ नगदसहित एक जना चिनियाँ नागरिक पक्राउ परेका छन्।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले गएराति काठमाडौंको कपनबाट उक्त चिनियाँ नागरिकलाई पक्राउ गरेको हो।
सुनको नापजाँच बाँकी रहेकाले सिआइबीले सुन र पक्राउ परेका व्यक्तिबारे तत्काल केही खुलाएको छैन। यस घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले बताएका छन्।





