असार ०३, डेस्क। आज नेपाली बजारमा सुन र चाँदीको मूल्य घटेको छ ।
आज सुन तोलामा ६ सय रुपैयाँले घट्दै प्रतितोला एक लाख ४२ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै आज चाँदीको मूल्य तोलामा २० रुपैयाँ घट्दै प्रतितोला एक हजार आठ सय रुपैयाँमा कारोबार भइरहको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।





