आज बकर इद मनाइँदै, देशभर सार्वजनिक बिदा

|

असार ०३, डेस्क । मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद (इदुल जोहा) आज देशभरका मस्जिदमा मनाइँदै छ । यसै पर्वको उपलक्ष्यमा आज देशभर सार्वजनिक विदा समेत दिएको छ।

इदुल फित्रअर्थात् रमजान पर्वको ७० औँ दिनमा बकर इद मनाउने धार्मिक विधि रहेको छ ।

मुस्लिम धर्मावलम्बीले आज बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्छन् । नमाज पढिसकेपछि एकापसमा शुभकामना आदानप्रदान गर्ने चलन रहेको छ ।

चर्चित समाचार


भर्खरै प्रकाशित