असार ०२, डेस्क। सल्यानमा “NCC NEPAL AUDITION ROUND SINGING & DANCING COMPETITION” सु-सम्पन्न भएको छ।
सल्यान जिल्ला रहेको कुमाख गाउँपालिकाको सभा हलमा उक्त कर्यक्रम सम्पन्न भएको हो। कर्णाली प्रदेशको सल्यान जिल्लामा रहेको “रोशिका फिल्मस प्रा. लि.” को आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो।
सोही कार्यक्रमको सभाअध्यक्ष लक्ष्मी रावत रअतिथिको रुपमा लाल बहादुर बुढाथोकी, पदम सुनार, मिस्मा मगर, एकराज थापा, प्रेम रुपा खनाल, जुना रेउले सहभागी भएको थियो। यस कार्यक्रममा करिब ३ सय जनाको सहभागी रहेको एकराज थापाले बताएका छन्।
यस कार्यक्रममा जम्मा गायकमा सहभागी २० जना र नृत्य मा ३६ जना छनोटमा परेका छन। छनोट भएका कलाकारहरुलाई गमछा ओढाऐर समानित गरेका हुन्।







