तीन जना नेताले गर्दा ,१६० जना जनप्रतिनिधीको बोल्ने अधिकार हनन् – बालेन

|

असार ०२, डेस्क। काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले भने ३ जना नेताले गर्दा ,१६० जना जनप्रतिनिधीको बोल्ने अधिकार हनन भएको बताएका छन्।

आईतवार आज बिहान १० : ३२ मा साहले सामाजिक सञ्जाल फेसबुकमार्फत भने ३ जना नेताले गर्दा ,१६० जना जनप्रतिनिधीको बोल्ने अधिकार हनन भयो ।
काठमाण्डौ महानगरको कुनै पनि नीति, योजनाबारेमा छलफल बन्द कोठामा हुँदैन । जे हुन्छ, हरेक नागरिकले चासो गर्दा देख्न सकिने गरी हुन्छ । यही कारण हामीले नगरसभा लाइभ गर्ने गरेका हौँ ।

नगरसभामा कोही पनि कुनै पार्टीको नेता र उपनेताकारुपमा रहँदैन । १६० जनाको नै हरेक निर्णयमा समान सहभागिता र स्वामित्व रहन्छ । बन्द कोठामा केही नेताले राजनीतिक लेनदेन गरेर सहमति गर्ने अनि सार्वजनिकरूपमा चै त्यसको औपचारिकता मात्रै दिने काम काठमाण्डौ महानगर पालिकाले गर्दैन । काठमाण्डौ महानगरपालिकाको नगरसभामा कांग्रेस, एमालेको धङधङी बोकेर नआउनु होला । यी कुरा मेयर साहले आफ्नो फेसबुकमार्फत भनेका छन्।

चर्चित समाचार


भर्खरै प्रकाशित