साताको अन्तिम दिन घट्यो सुनको मूल्य

|

जेष्ठ ३२, डेस्क। आज शुक्रबार नेपाली बजारमा सुन चाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन ४ सय घटेर प्रतितोला एक लाख ४१ हजार २ सयमा कारोबार भएको छ भने तेजाबी सुन प्रतितोला एक लाख ४० हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि १० रुपैयाँले घटेर प्रतितोला १८ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १० रूपैयाँ घटेको हो।

चर्चित समाचार


भर्खरै प्रकाशित