जेष्ठ ३०, डेस्क। महोत्तरीमा करेन्ट लागेर एकजना महिला गम्भिर घाइते भएका छन्।
आज विहान फुलवारीमा गईरहेकाे अवस्थामा महोत्तरीको साेनमा गाउँपालिका वडा नम्बर ८ शिवनगर वस्ने प्रेमलाल महताेकी श्रीमती २७ वर्षीया सुनैना देवी महताेलाई करेन्ट लागेको थियो। साेनमा गाउँपालिका वडा नम्बर ८ कै वृज किशाेर यादवले आफ्नाे फुलवारीमा निल गाई र जंगली जनावर धपाउनका लागि लगाएको तारको बेरामा वेरिएर सुनैनालाई करेन्ट लागेर घाईते भएकी हुन।
सुनैनाकाे प्राथमिक स्वास्थ केन्द्र गाैशालामा उपचार संभव नभए पछि थप उपचारका लागि धनुषाको प्रादेशिक अस्पताल जनकपुर रेफर गरिएकाे छ। यस घटनाबारे थप अनुसन्धान भईरहेकाे ईलाका प्रहरी कार्यालय गाैशालाका प्रहरी निरीक्षक सुर्य वहादुर राणा मगरले जानकारी दिएका छन् ।





