सुनको मूल्य बढ्यो, तोलामा कति पुग्यो ?

|

जेष्ठ ३०, डेस्क। आज बुधवार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन ६ सय रुपैयाँले बढेर प्रतितोला एक लाख ४१ हजार ६ सयमा कारोबार भएको छ भने तेजाबी सुन प्रतितोला एक लाख ४० हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि ५ रुपैयाँले बढेर प्रतितोला १८ सय २० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

चर्चित समाचार


भर्खरै प्रकाशित