मौलापुरमा “फ्री बिजुली, फ्री पानी” कार्यक्रम प्रभावकारी बन्दै

|

जेष्ठ २९,डेस्क। मौलापुर नगरपालिकामा जनताले बुझाउने बिधुत महसुलको तेश्रो किस्ता वापत रू ४५ लाख २६ हजार आज नगरपालिकाले बिधुत प्राधिकरणलाई बुझाएको छ ।

नगरप्रमुख रीना कुमारी साहले बिधुत शाखा प्रमुख दिनेश यादवलाई नगद चेक हस्तान्तरण गर्नु भएको हो । मौलापुर नगरपालिकाले “फ्री बिजुली, फ्री पानी” कार्यक्रम संचालन गर्दै आएकोछ ।

झण्डै ५ बर्ष देखी जनताको घरायसी मीटर कृषि मीटरको सम्पूर्ण रकम नगरपालिकाले तिर्दै आएको छ । यो चालु आर्थिक वर्षमा मात्रै अहिले सम्म ३ करोड़ ४३ लाख ५० हजार रक़म बुझाई सकेको छ । बिधुत शाखा प्रमुख यादवले जानकारी दिएको छ।

 

चर्चित समाचार


भर्खरै प्रकाशित