ICC Men’s T20 World Cup: पाकिस्तानमाथि भारतको रोमान्चक जित

|

जेष्ठ २८, डेस्क । आईसीसी ट्वान्टी–२० विश्वकपमा पाकिस्तान भारतसँग पराजित भएको छ । आइतबार हिजो भारतले ६ रनले विजयी भएको हो ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले १९ ओभरमा सबै विकेटको क्षतिमा १ सय १९ रन बनाएको थियोे । जितका लागि १ सय २० रनको लक्ष्य पाएको पाकिस्तानले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा ११३ रन मात्र बनाउन सक्यो ।

भारतको यो लगातार दोस्रो जित हो भने पाकिस्तानको लगातार दोस्रो हार रहेको हो । भारतका लागि जसप्रित बुमराहले ३ विकेट तथा हार्दिक पाण्ड्याले २ विकेट लिएका छन।

खेलमा भारतले खराब सुरुवात गरेको थियो । मात्र १२ रन बनाउँदा विराट कोहली आउट भएका थिए भने १९ रनमा भारतले कप्तान रोहित शर्मालाई गुमाएको थियो ।

त्यसपछि ऋषभ पन्त र अक्षर पटेलले भारतको इनिङ्स सम्हाले । दुईले मिलेर ३० बलमा ३९ रन जोडे । पन्तले टोलीका लागि सर्वाधिक ४२ रन बनाए । ३१ बलको सामना गर्दै उनले ६ चौका हिर्काए ।

अक्षर पटेलले १८ बलमा २० रन जोडे । उनले २ चौका र १ छक्का प्रहार गरे । पन्तले त्यसपछि सूर्यकुमार यादवसँग २२ बलमा ३१ रनको साझेदारी गरे । तर, त्यसपछि भारतले लगातार विकेट गुमाउन पुग्यो ।

 

चर्चित समाचार


भर्खरै प्रकाशित