जेष्ठ २७, डेस्क। काठमाडौंमा नक्कली नोटको कारोबार गरेको आरोपमा प्रहरीले कलंकीबाट दुई जनालाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।
पक्राउ पर्नेमा ४७ वर्षीया तारादेवी डंगोल र नागर्जुन नगरपालिका-५ बस्ने ४१ वर्षीया निलिमा श्रेष्ठ रहेका छन्। उनीहरुबाट नेपाली रुपैया एक हजार दरको ५ सय १४ थान (५ लाख १४ हजार बराबरको) नक्कली नोटसहित हिजो शनिबार राति प्रहरीले पक्राउ गरेको हो।
उनलाई नागर्जुन-५ पद्मा कोलनीबाट पक्राउ गरी अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।





