मलेसियामा ट्रकले ठक्कर दिँदा रौतहटका एक युवकको मृत्यु

|

जेष्ठ २७, डेस्क। वैदेशिक रोजगारीको क्रममा मलेसिया गएका रौतहटका एक युवकको दुर्घटनामा मृत्यु भएको छ ।

मृत्यु हुनेमा कटहरिया नगरपालिका ३ बड़का बरेडवा गाउँका २६ वर्षीय राकेश कुमार सोनार रहेका छन्। वैदेशिक रोजगारीमा मलेसिया गएका युवकले कम्पनीबाट काम सकाएर कोठामा फर्किने क्रममा गत जेठ १६ गते ट्रकले ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको पीडित परिवारले जनाएको छ।

मृतकको को शव १० दिनपछि हिजो शनिबार साँझ नेपाल ल्याइ लाल बैकया नदी किनारमा उनको दाहसंस्कार गरिएको कटहरिया ३ का वडाअध्यक्ष श्यामान्त यादवले बताएका छन् ।

मलेसिया स्थित नेपाली राजदूतावासले उनी काम गर्ने कम्पनीबाट क्षतिपूर्तिका लागि पहल गरिदिन मृतक राकेशको परिवारले आग्रह गरेको छ।

चर्चित समाचार


भर्खरै प्रकाशित