सुनको सिक्री र काँचो सुनको डल्लोसहित दुई जना विमानस्थलबाट पक्राउ

|

जेष्ठ २७, डेस्क। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट २५ ग्रामको सिक्री र ६९ ग्राम ९९ मिलिग्रामको काँचो सुनको डल्लोसहित दुई जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा कतार एयरको उडानबाट आएका मोरङ केराबारी गाउँपालिका-९ का ३१ वर्षीय सरोज कोइराला र रौतहट कटहरिया नगरपालिका-६ बस्ने २४ वर्षीय मोहम्मद इन्तेयाम आलमलाई हिजो शनिबार राति विमानस्थलको आगमन पार्किङ क्षेत्रबाट प्रहरीले पक्राउ गरेको हो।

उनिहरुलाई भन्सार छलेर लैजान लगेको आरोपमा पक्राउ गरेको नेपाल प्रहरीले जनाएको छ। उनीहरूलाई आवश्यक कारवाहीको लागि भन्सार कार्यालय बुझाइने छ।

चर्चित समाचार


भर्खरै प्रकाशित