जेष्ठ २७, डेस्क। आईसीसी टी–२० विश्वकप क्रिकेटमा आज आइतबार भारत र पाकिस्तानबिच प्रतिस्पर्धा हुँदैछ ।
आजको खेल अमेरिकाको न्यु योर्कस्थित नासाउ काउन्टी अन्तर्राष्ट्रिय स्टेडियममा नेपाली समय राति ०८ :१५ बजे सुरु हुनेछ । भारत र पाकिस्तान प्रतियोगिताको समूह ‘ए’ मा रहेका छन् । जारी विश्वकपमा भारत र पाकिस्तान दुवैले आफ्नो दोस्रो खेल खेल्न लागेका हुन् ।
आफ्नो पहिलो खेलमा भारत विजयी भएको छ भने पाकिस्तानले हारेका छन्।






