जेष्ठ २६, डेस्क। रसिया पठाईदिन्छु भन्दै करिब ११ लाख रुपैया ठगि गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार रौतहटको यमुनामाई गाउँपालिका–२ घर भएका २३ वर्षीय राहुल कुमार प्रजापति रहेका छन् ।
रसियन दूतावासबाट जारी भएको भनेर नक्कली कागजात देखाएर आरोपीले पीडितसँग १० लाख ८७ हजार रुपैया ठगेका छन् । यमुनामाई नगरपालिका–२ घर भएका २० वर्षीय जितेन्द्रकुमार यादवसँग रकम लिएपछि सम्पर्कविहीन भएका राहुल कुमार प्रजापतिलाई प्रहरीले पक्राउ गरेका छन्।





