जेष्ठ २५, डेस्क। मधेश प्रदेश सरकारका नवनियुक्त मुख्यमन्त्री सतिश सिंहले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
प्रदेश प्रमुख सुमित्रा भण्डारीले नवनियुक्त मुख्यमन्त्री सिंहलाइ शपथ खुवाएकी हुन् । जनमत पार्टीका सांसद सिंह ६ दलका ५५ सांसदको समर्थनमा शुक्रबार नै मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।
मुख्यमन्त्री सिंहलाई एमाले, माओवादी केन्द्र, जनमत, एकीकृत समाजवादी, नेपाल संघीय समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीले समर्थन गरेका छन् ।





