जेष्ठ २४, डेस्क । पाल्पामा लोडर दुर्घटना एक जनाको मृत्यु भएको छ ।
पाल्पाको रैनादेवी छहरा गाउँपालिका– ८ कञ्चनखोलास्थित साल्झण्डी ढोरपाटन सडक खण्डमा भएको लोडर दुर्घटनाबाट सहचालक बर्दिया बाँसगढीका अन्दाजी २६ वर्षीय कमल चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनाबाट लोडर चालक कैलाली घोडाघोडी– २ का ३० वर्षीय समीर चौधरी घाइते भएका छन् ।
घाइते चौधरीलाई उपचारका लागि बुटवल पठाएको पाल्पा प्रहरी प्रवक्ता डीएसपी सुगन्ध श्रेष्ठले बताएका छन ।





