फलको राजा आँप खानुका यस्ता छन् फाइदा

|

जेष्ठ २४, डेस्क। गर्मी मौसममा पाइने फलफूल मध्ये एक आँप पनि हो। जसलाई फलको राजा भनेर पनि चिनिन्छ। आँप भन्ने बित्तिकै धेरैको मन लोभिने गर्दछ। मन लोभ्याउने आँपका फाइदा पनि अनेक रहेका छन्।

आँपमा प्रोटिन ९.६ प्रतिशत, बोसो ०.१, खनिज पदार्थ ०.३, रेसा १.१, फोस्फोरस ०.०२ र फलाम ०.३ प्रतिशत पाइन्छ। एक सय ग्राम आँपमा करिब ९० क्यालोरी ऊर्जा हुन्छ।

चिकित्सकहरुका अनुसार आँपमा प्रशस्त मात्रामा भिटामिन ए, भिटामिन सी का साथै कपर, जिंक, मिनरल्स, फाइबर पाइने भएकाले आँपको नियमित सेवन गर्दा शरीरलाई धेरै फाइदा पुग्दछ।

आँपका फाइदाहरुः

– आँपमा पाइने फाइबर र भिटामिन सीले शरीरमा कोलेस्ट्रेरोलको लेवल कम गर्न मद्दत गर्दछ।

– आँपमा पाइने भिटामिन एले आँखा तेजिलो हुनुका साथै आँखा सम्बन्धी समस्याबाट बचाउन मद्दत गर्दछ।

– आँपको नियमित सेवनले पेटमा हुने कब्जियत, एसिडिटी तथा ग्याँस्ट्राइटिसको समस्याबाट छुटकारा मिल्दछ।

– आँपको सेवनले शरीरमा शक्ति प्रदान गर्नुका साथै शरीरमा रोगप्रतिरोधात्मक क्षमता बढाउनमा मद्दत गर्दछ।

– आँपमा प्रशस्त मात्रामा आइरन पाइन्छ जसले शरीरमा रगत बढाउनुका साथै एनिमियाको समस्याबाट मुक्ति मिल्दछ।

– आँपमा पाइने भिटामिन बी ६ ले मस्तिष्कलाई स्वस्थ राख्नुका साथै स्मरण शक्ति बढाउन मद्दत गर्ने गर्दछ।

– यसको सेवनले ब्लडप्रेशरको लेवल कन्ट्रोल गर्न मद्दत गर्नुका साथै मुटु सम्बन्धी समस्याबाट बच्न सकिन्छ।

– २०० ग्राम आँपको रस, १० ग्राम अदुवाको रस र २५० ग्राम दूध मिसाएर पिउनाले शारीरिक र मानसिक निर्बलता नष्ट हुन्छ र स्मरणशक्ति बढ्छ। यस्ता धेरै फाइदाहरु छन्।

चर्चित समाचार


भर्खरै प्रकाशित