जेष्ठ २४, डेस्क। नेकपा एमाले सुनसरीका अध्यक्ष निलम खनालको मृत्यु भएको छ । लामो समयदेखि प्याक्रियाजको बिरामी रहेका खनालको उपचारका क्रममा भारतको हैदराबादमा मृत्यु भएको हो । बिरामले च्यापेपछि थप उपचारका लागि उनलाई जेठ २२ गते हैदराबाद लगिएको थियो ।
उपचारका लागि हैदरावाद लगिएका खनालको मृत्यु भएको एमाले सुनसरीका पूर्वअध्यक्ष रेवतीरमण भण्डारीले बताएका हुन् ।





