जेष्ठ २३, डेस्क । आईसीसी ट्वान्टी–२० विश्वकपमा भारतले आयरल्यान्डलाई हराएको छ ।
बुधबार न्यूयोर्कमा आयरल्याण्डले प्रस्तुत गरेको ९७ रनको लक्ष्य भारतले १२.२ ओभरमा मात्र २ विकेटको क्षतिमा पछ्याएको हो ।
कप्तान रोहित शर्मा रिटायर्ड हर्ट हुनअघि उनले ३७ बलमा ५२ रन जोडे । उनले यसक्रममा ४ चौका र ३ छक्का हिर्काए ।
त्यस्तै ऋषभ पन्तले पनि २६ बलमा ३६ रन बनाएर टोलीलाई लक्ष्यमा पुर्याए । उनले ३ चौका र २ छक्का हिर्काए । सूर्यकुमार यादवले भने मात्र २ रन बनाएर पभिलियन फर्किएका थिए । विराट कोहली पनि सुरुवातमा नै १ रन बनाएर आउट भएका थिए ।






