जेष्ठ २३, डेस्क। दोलखामा ७७ वर्षीय वृद्धको हत्या गरेको आरोपमा काठमाडौंबाट एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा दोलखाको भिमेश्वर नगरपालिका–१ घर भएका ५० वर्षीय गणेश घिमिरे रहेका छन् ।
घर नजिकैको मकैबारीमा विश्वकर्माको शव भेटिएपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो । उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंले बुधबार बिहान हाँडीगाउँबाट पक्राउ गरेको हो।
घिमिरेले २० जेठमा दोलखा भिमेश्वर–१ का ७७ वर्षीय झिलकबहादुर विश्वकर्माको हत्या गरेको आरोप लागेको छ ।





