जेष्ठ २३, डेस्क। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई बधाई दिएका छन्।
भारतमा सम्पन्न लोकसभा चुनावबाट भारतीय जनता पार्टी नेतृत्वको एनडिए गठबन्धनले लगातार तेस्रो पटक बहुमत प्राप्त गरेकोले बधाई दिएका हुन्।
भाजपा नेतृत्वको एनडिए गठबन्धनले २९३ र कंग्रेस आई नेतृत्वको इन्डिया गठबन्धनले २३३ सिट जितेको छ।






