टी-२० विश्वकपको पहिलो खेलमा नेपालको हार

|

जेष्ठ २३, डेस्क । आईसीसी टी–२० विश्वकपको पहिलो खेलमा नेपाल नेदरल्यान्ड्सँग ६ विकेटले पराजित भएको छ । नेपालले प्रस्तुत गरेको १ सय ७ रनको लक्ष्य नेदरल्यान्ड्सले १८.४ ओभरमा ४ विकेटको क्षतिमा पछ्याएको हो ।

नेपालले दिएको १ सय ७ रनको सामान्य लक्ष्य डच टोलीले ८ बल अगावै ४ विकेटको क्षतिमा खेल जितेका छन । नेपालविरुद्ध जित निकाल्ने क्रममा म्याक्स ओ डाउडले अर्धशतक पूरा गरे।

डाउड  ५४ र बास डे लिड ११ रनमा अविजित रहे। म्याक्स ओ डाउडले ४८ बलमा ४ चौका र १ छक्का प्रहार गरे। नेदरल्यान्ड्सका लागि टिम प्रिंगल र लोगन भान विकले ३–३ विकेट लिए भने पाउल भान मेकरेन र बास डे लिडेले २–२ विकेट लिए ।

चर्चित समाचार


भर्खरै प्रकाशित