जेष्ठ २२, डेस्क। भारतमा विपक्षी दलहरूको ‘इन्डिया’ गठबन्धनले लोकसभा चुनावमा राम्रो नतिजा ल्याउने संकेत आएको छ । अपराह्नसम्म आएको मतगणना परिणामको जानकारीअनुसार ५ सय ४३ सिटमा विपक्षी ‘इन्डिया’ गठबन्धनमा आबद्ध दलहरू २३३ सिटमा अगाडि छन् । त्यसबाहेक सिटको तालमेल नगरे पनि पश्चिम बंगालमा मुख्यमन्त्री ममता बनर्जी नेतृत्वको तृणमूल काग्रेस ३१ सिटमा अगाडि छ ।
मतदान सम्पन्न भएलगत्तै आएको आधा दर्जन बढी ‘एग्जिट’ पोलहरूले गरेको प्रक्षेपणविपरीत विपक्षीले राम्रो नतिजा ल्याउने सम्भावना देखिएको हो । सत्तारुढ भाजपा नेतृत्वको ‘एनडीए’ गठबन्धनले सरकार बनाउने गरी बहुमत ल्याउने स्थितिमा छ ।






