आज पहिलो पटक आपसमा भिड्दै इङ्गल्यान्ड र स्कटल्यान्ड

|

जेष्ठ २२, डेस्क। आईसीसी टी–२० विश्वकप क्रिकेटमा मंगलबार साबिक विजेता इङ्गल्यान्डले प्रतिद्वन्द्वी स्कटल्यान्डको सामना गर्दैछ । खेल बार्बाडसको ब्रिजटाउनस्थित केनसिङ्टन ओभल रङ्गशालामा राति २०ः१५ बजे सुरु हुनेछ ।

जारी विश्वकपमा खेल्न लागिएको छैटौँ खेल हो । इङ्गल्यान्ड र स्कटल्यान्ड प्रतियोगिताको समूह ‘बी’ मा छन् । यो समूहमा यसअघि ओमान र नामिबियाबिच खेल भइसकेको छ । उक्त खेलमा नामिबियाले ओमानलाई ‘सुपर ओभर’ मा हराएको थियो । अस्ट्रेलिया पनि सोही समूहमा छ ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)द्वारा जारी पछिल्लो टी–२० अन्तर्राष्ट्रिय वरीयतामा इङ्गल्यान्ड तेस्रो स्थानमा आसिन छ । स्कटल्यान्ड भने पछिल्लो आईसीसी वरीयताको १४औँ स्थानमा छ ।

 

चर्चित समाचार


भर्खरै प्रकाशित