टी–२० विश्वकपमा नेपाल आज नेदरल्यान्ड्ससँग भिड्दै

|

जेष्ठ २२,डेस्क। आईसीसी टी–२० विश्वकपमा नेपालले आज नेदरल्यान्ड्सविरुद्ध खेल्दै छ ।

टी–२० विश्वकपमा नेपालले १० वर्षपछि खेल्न लागेको हो । यसअघि नेपालले पछिल्लो पटक सन् २०१४ मा ट्वान्टी २० विश्वकप खेलेको थियो ।

अमेरिकाको डालसमा हुने खेल नेपाली समयअनुसार राति सवा ९ बजेदेखि सुरु हुनेछ । विश्वकपमा नेपाल र नेदरल्यान्ड्स पहिलो पटक भिड्न लागेका हुन् ।

नेदरल्यान्ड्स ट्वान्टी २० विश्वकपमा नेपालको चौथो प्रतिद्वन्द्वी पनि हो ।

यसअघि नेपालले सन् २०१४ मा हङकङ, बंगलादेश र अफगानिस्तानविरुद्ध प्रतिस्पर्धा गरेको थियो ।

चर्चित समाचार


भर्खरै प्रकाशित