क्रिकेट खेलाडीलाई युरो पेन्ट्सको पुरस्कार , प्रतिरन ३००, प्रतिविकेट ३ हजार पुरस्कार

|

जेष्ठ २१, डेस्क। जगन्नाथ ग्रुप अन्तर्गतको युरो पेन्ट्सले टी–२० विश्वकप खेल्न लागेको नेपाली क्रिकेट खेलाडीलाई प्रोत्साहन स्वरूप पुरस्कारको घोषणा गरेका छन् ।

जसअनुसार खेलाडीले प्रतिरन ३०० रुपैयाँ पुरस्कार पाउनेछन् । यस्तै प्रत्येक चौकामा १ हजार, प्रत्येक छक्कामा ३ हजार तथा अर्ध सतकमा ५० हजार र शतकमा १ लाख पुरस्कार दिने कम्पनीले घोषणा गरेको छ ।

‘सुन्दरता र विश्वासको प्रतीक’ नाराका साथ युरो पेन्ट्सले विश्वकपमा टिमको हौसलाका लागि सहयोग र पुरस्कारको घोषणा गरिएको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

यस्तै विकेट लिएको खण्डमा प्रतिविकेट ३ हजार रुपैयाँ खेलाडीले पुरस्कार पाउनेछन् । कम्पनीका प्रबन्ध निर्देशक केल्बिन शर्माका अनुसार अमेरिका र वेस्ट इन्डिज आयोजित विश्वकपमा सहभागी टोलीको प्रोत्साहनका लागि क्यानलाई १ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय भएको छ ।

यसबाहेक नेपाली टोली सुपर ८ मा पुगेको खण्डमा २ लाख, सेमिफाइनलमा पुगेमा ५ लाख, फाइनलमा पुगेमा ७ लाख र विश्वकपमै जितेको खण्डमा १० लाख रुपैयाँ उपलब्ध गराउने घोषणा पनि कम्पनीले गरेको छ । विश्वकप अन्तरगत नेपालले पहिलो खेल मंगलबार नेदरल्याड्सविरुद्ध खेल्दै छ ।

चर्चित समाचार


भर्खरै प्रकाशित