प्रलोभन देखाएर अनलाइनमार्फत ठगी गरेको आरोपमा एक जना पक्राउ

|

जेष्ठ २१, डेस्क। अनलाइनमार्फत ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । विभिन्न प्रलोभन देखाएर

पक्राउ पर्नेमा दाङको घोराही उपमहानगरपालिका-९ घर भई काठमाडौं मित्रनगर बस्दै आएका २१ वर्षीय वीरबल घर्तीमगर रहेका छन् ।

उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले नयाँ बानेश्वरबाट पक्राउ गरेको हो । उनले सामाजिक सञ्जाल फेसबुक, इन्टाग्राम, भाइबर लगायतमार्फत विभिन्न व्यक्तिहरुसँग सम्पर्क गरी विभिन्न प्रलोभन देखाएर, उपहार स्वरुप घडी, ब्याग, गरगहना, आईफोन पठाएको र त्यसका लागि भन्सार शुल्क तिर्नुपर्ने भन्दै बैंक खातामा रकम पठाउन लगाएर ठगी गरेको पाइएको अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता रवीन्द्र रेग्मीले बताएका हुन्।

पक्राउ परेका घर्तीमगरलाई कारबाहीका लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको छ ।

चर्चित समाचार


भर्खरै प्रकाशित