जेष्ठ २१, डेस्क। राष्ट्रिय जनमोर्चाका सांसद चित्रबहादुर केसीले बजेटमाथिको छलफल चल्दै गर्दा दिक्क लागेर आफू एकछिन निदाएको उनले बताएका छन्।
आज प्रतिनिधि सभाको सोमबारको बैठकमा बजेटमाथिको छलफल जारी रहेको छ।
बजेटमाथिको छलफलमा भाग लिँदै रोस्टम पुगेर बोलेका केसीले अर्थमन्त्रीले पेस गरेको बजेट जति छलफल गरे पनि तलमाथि नहुने भएकोले छलफल औचित्यहीन जस्तो देखिएको पनि बताएका हुन्।
‘यहाँ जति उफ्रे पनि सत्तापक्षले पेस गरेको बजेट एक सुका, एक आना तलमाथि गर्न नपाइने, यहाँ जे आएको छ त्यसलाई स्वीकार गर्नुपर्ने भएपछि छलफलको पनि औचित्य लाग्न छाड्यो,’ केसीले भने, ‘आज यही छलफलको कुरा सुन्दा वाक्क लागेर निदाएछु एकछिन। यस्तो पो हुन गयो। रमाइलो छैन संसद, दिक्क लाग्दो छ।’





